६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

रुपन्देहीमा तस्कर र प्रहरीबीच भिडन्त, एककाे मृत्यु

भैरहवा -  रुपन्देहीको सीमा क्षेत्र शंकरपुरमा प्रहरी र तस्करबीच भिडन्त हुँदा १ जना तस्करको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) हृदय थापाका अनुसार बिशेष सूचनाको आधारमा सो क्षेत्रमा तस्करी भइरहेको खबर पाउना साथ तस्करी रोक्न सादा पोसाकमा खटिएकाे प्रहरी टाेलीबीच भिडन्त हुँदा ती तस्करकाे मृत्यु भएको हाे।

उनले भने, 'तस्करी राेक्न यहाँबाट प्रहरी पठाएका थियौ, मधयरातमा प्रहरी माथीनै पहिला तस्करहरुले फायर खोलेका थिए, मोटरसाईकलमा आएका तस्करहरुलाई प्रहरीले रोक्न खोज्दा उनीहरुले प्रहरी माथी नै गोली चलाएपछि बाध्य भएर प्रहरीले पनि फायर खाेलेकाे थियाे।'

तस्करको गोली लगेर एक जना प्रहरी समेत घाइते भएका छन्। उनको बाँया पाखुरामा गोली लागेको एसपी थापाले बताए।

उनका अनुसार प्रहरीको गोली लागेर मृत्यु भएको तस्करको भने अहिले सम्म पहिचान खुलेकाे छैन्। मृतकको शव पोष्टमारटमका लागि भिम अस्पतालमा राखिएको छ।

प्रकाशित: २९ पुस २०७५ ०३:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App