१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

उखु उत्पादक र उद्याेगीबीच सहमति, बन्द चिनी उद्याेग सञ्चालनमा आउने

रौतहट - उखु उत्पादक संघ र चिनी उत्पादकसंघबीच देश भरका चिनी  उद्योग सञ्चालनमा ल्याउने सहमति भएको छ।चालु आर्थिक वर्षको लागि नेपाल सरकारले उखुको मुल्य प्रति क्वीन्टल ५ सय ३६ रुपैयाँ ५६ पैसा निर्धारण गरेको थियो। सरकारले उखुको मुल्य तय गरेपनि उद्योगीले चिनीको बजार मुल्य उखुको मुल्यको अनुपातमा कम भएको र उद्योगीले निकै घाटा वेहोर्नुपर्ने भन्दै उद्योग सञ्चानमा नल्याने अडान राखेका थिए।

उद्योगी र किसान प्रतिनिधिबीच बुधवार भएको दुईपक्षीय वार्तापछि उद्योग चलाउने सहमति भएको हो। महोत्तरीको बर्दिवास स्थित गौतम होटलमा किसान प्रतिनिधि र चिनी उत्पादक संघका पदाधिकारीहरुबीच भएको बैठकमा सरकारले तय गरेको मुल्यमा उखु खरिद गर्ने, किसानको भुक्तानी ३० देखि ४५ दिनमा तालिका निकालेर उपलब्ध गराउने, किसानलाई सहुलियत दरमा ऋण उपलब्ध गराउने र चिनी उद्योगले उत्पादन गरेको चिनी किसान प्रतिनिधिको दवावमा सरकारले समय मै उचित मुल्यमा बिक्री बितरण गराउने र उद्योगीलाई पनि सहुलियत व्याजमा ऋण उपलब्ध गराउने सहमति भएपछि उद्योगीहरु मिल चलाउन सहमत भएको बैठकमा सहभागी रौतहट उखु उत्पादक संघका अध्यक्ष अशोक यादवले बताए। 

 

प्रकाशित: २५ पुस २०७५ १४:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App