७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

जुम्लामा पेट्रोलियम पदार्थको मूल्य ताेकियाे

जुम्ला - झण्डै डेढ दशकपछि जुम्लामा पेट्रोलियम पदार्थको मूल्य निर्धारण गरिएको छ। पेट्रोलियम पदार्थकाे मूल्यमा एकरुपता नहुँदा यहाँका सवारी धनी मर्काका थिए। प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलको अध्यक्षतामा बसेको सर्वपक्षीय सर्वदलीय बैठकले पहिलो पटक जुम्लामा पेट्रोलियम पदार्थको मूल्य तोकेको हाे।

जुम्लाका प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार पेट्रोलकाे प्रति लिटर मूल्य १ सय ३० रुपैयाँ र डिजेलकाे प्रति लिटर मूल्य एक सय १५ रुपैयाँ ताेकिएकाे छ। याे भन्दा अघि पेट्रोल प्रतिलिटर एक सय ५० रुपैयाँ र डिजेल एक सय ३० रुपैयाँ सम्ममा किनबेच भइरहेको थियो।  मूल्य निर्धारणसँगै अब जताततै पेट्रोलियम पदार्थको कारोबार नहुने प्रजिअ पौडेलले जानकारी दिए। उनले भने,“सदरमुकामका अधिकांस किराना, कपडा, भाडा तथा खुद्रा पसलमा पेट्रोलियम पदार्थ राखिएको पाईयो। अब मूल्यमा एकरुपता ल्याएपछि पेट्रोलियम पदार्थको मूल्यमा भइरहेको बिकृति हट्ने छ। ”

कर्णाली राजमार्ग सुरु भएदेखि हालसम्म पेट्रोलियम पदार्थमा भइरहेको महंगी र कालोबजारी बारे कसैको ध्यान पुग्न सकेको थिएन। पेट्रोलियम पदार्थ ल्याउने टयांकरको भाडा, अहिलेको मुल्य, लेवरकष्ट, छिमेकी जिल्लाको मूल्यलाई विष्लेषण गरेर जुम्लामा पेट्रोलियम पदार्थको मूल्य तोकिएको हो। जिल्ला प्रशासन कार्यालयकाे सर्वपक्षीय, सर्वदलीय बैठकले गरेको पेट्रोलियम पदार्थ सम्बन्धिको निर्णय कार्यान्वयन नगर्ने जो सुकैलाई कार्वाहीको दायरामा ल्याउने प्रशासनले चेतावनी समेत दिएकाे छ।

 

प्रकाशित: २० पुस २०७५ ०७:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App