डडेल्धुरा - डडेल्धुराको सदरमुकाम बागबजारस्थित लक्ष्मी किराना पसलमा शुक्रबार राति आगलागी हुँदा २० लाखमाथि क्षति भएको छ।
क्षतिको एकिन विवरण भने मुचुल्का आएपछि मात्र जानकारी हुने जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरिक्षक डम्बरबहादुर केसीले बताए। यो भन्दा अगाडि पनि आगलागी भएको लक्ष्मी किराना पसल बागबजारमा अचानक विद्युत् सर्ट भई आगलागी भएको हुन सक्ने आशंका गरिएको छ।
आगलागीबाट किराना पसलको गोदाममा रहेका सरसामान सहित नगद पुरै नष्ट भएको सञ्चालक नारायण भट्टले बताए। खाद्यन बाहेक कस्मेटिका सामग्री समेत पसलमा रहेको प्रहरीले जनाएको छ।
दमकलसहित नेपाल प्रहरी, सशस्त्र, नेपाली सेना र स्थानीयबासीले करिब २ घण्टापछि आगलागी नियन्त्रयमा लिएका थिए। आगालागीबाट वरिपरीका पसलका समाग्रीमा पनि सामान्य क्षति पुगेको बताएको छ। अन्य ४ पसलमा पनि आगलागी हुने आशंकामा पसलहरूको समाग्री बाहिर निकालिएको थियो।
प्रकाशित: १४ पुस २०७५ ०३:३९ शनिबार