कालिकोट- कालिकोटको पलाता गाउँपालिका १ को खाडागाउँमा आगलागी भएको छ। घटना राति दुई बजे भएको प्रहरीले बताए पनि थप विवरण प्राप्त हुन सकेको छैन। राति तीन बजे नै उद्दारको लागि प्रहरी घटनास्थल तर्फ लागेको छ। इलाका प्रहरी कार्यालय थिर्पुबाट त्यहाँ पुग्न करिव ७ घण्टा लाग्छ। स्कुल नजिकका २० देखि २५ घर जलेको खबर प्राप्त भए पनि घटनाबारे थप विवरण प्राप्त हुन सकेको छैन।
प्रकाशित: ९ पुस २०७५ ०१:४५ सोमबार