२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

ज्यान मार्ने उद्योगका फरार अभियुक्त चार महिनापछि पक्राउ

खोटाङ, पुस ५ (नागरिक) – खोटाङमा ज्यान मार्ने उद्योगका फरार अभियुक्त चार महिनापछि पक्राउ परेका छन्। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका मणिराज राईलाई कुटपिट गर्नमा संलग्न केपीलासगढी गाउँपालिका–२ खार्ताम्छाका ४३ वर्षीय बुद्धिराज राई बुधबार पक्राउ परेका हुन्। 

गत भदौ २ गते पाथेकाको स्वजुङ ज्वालुङ भन्ने एकान्त ठाउँमा मणिराजलाई कुटपिट गरी करङ तथा खुट्टा भाँची दिएर शक्त घाइते बनाएको अभियोगमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक राजकुमार केसीले बताए।

घटना लगतै फरार रहेका राईलाई घर आएको सूचनाका आधारमा पक्राउ गरेर बिहिवार कानूनी कारवाही अगाडी बढाएको प्रहरीले जनाएको छ। फरार राई विरुद्ध पीडित पक्षले घटना लगतै जिल्ला प्रहरी कार्यालयमा ज्यान मार्ने उद्योगको मुद्दा दर्ता गराएका थिए। कुटपिटबाट गम्भीर घाइते भएका मणिराजलाई ट्रमा सेन्टर काठमाण्डौमा एक महिनाको उपचारपछि घर फर्काइएको थियो। 

 

प्रकाशित: ६ पुस २०७५ ०६:३८ शुक्रबार

ज्यान_मार्ने_उद्योग अभियुक्त पक्राउ