८ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

खाद्यान्न र न्यानो कपडा सहयोग

धादिङ – जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका–१ सल्यानटारका बालबालिकालाई खाद्यान्न तथा न्यानो कपडा वितरण गरिएको छ। सल्यानटारस्थित रुपानुगा परा विद्यापिठ नरसिंहधाम आश्रमका ४५ बालबालिकालाई सहयोग सामग्री वितरण गरिएको हो।

युएईमा कार्यरत काठमाडौं बालकोटका सन्तोष अधिकारी, काँडाघारीका राजकुमार थापा, ताहाचल बस्ने बद्रीप्रसाद हुमगाँई र धादिङका प्रकाश श्रेष्ठ र युएईमै कार्यरत पुकार श्रेष्ठको पहलमा ४५ हजारबराबरको खाद्यान्न र लत्ताकपडा वितरण गरिएको जनााइएको छ।

विदेशमा कमाइ गरेको केही हिस्सा बालबालिकाका क्षेत्रमा खर्चिएको प्रकाश श्रेष्ठको भनाइ छ। युवाहरू मिलेर संकलन गरिएको रकमबाट एक कार्यक्रमबीच त्रिपुरासुन्दरी–२ का वडा अध्यक्ष कृष्णबहादुर खत्रीले सामग्री हस्तान्तरण गरेका थिए।

युवाहरूले धादिङसहित डोल्पा, मुगु, सल्यान, कालिकोटलगायत जिल्लाका आश्रय लिएर बसेका बालबालिकालाई सहयोग गरेका हुन्। जाडो मौसममा न्यायो कपडा पाएपछि बालबालिका खुसी भएका छन्। आश्रममा अभिभावक नभएका बालबालिकाहरू आश्रित छन्।

प्रकाशित: ६ पुस २०७५ ०१:५८ शुक्रबार

त्रिपुरासुन्दरी_गाउँपालिका बालबालिका सहयोग