२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

चोरी गर्ने समूह पक्राउ

भक्तपुर - प्रहरीले सोमबार राति भक्तपुरको मध्यपुर थिमि नगरपालिका ५ स्थित हिम इलेक्ट्राेनिक्सको स्टोर रुमबाट चोरी भएका धनमालसहित विभिन्न व्यक्तिहरुलाई बुधबार पक्राउ गरी सार्वजनिक गरेको छ। मंगलबार राति काठमाडौंबाट सात जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

पक्राउ पर्नेहरुमा रामेछाप मन्थली नगरपालिका ४ घर भई हाल बानेश्वर थापागाउँ बस्ने ३६ वर्षीय राजु काफ्ले, सोही जिल्लाको लिखु तामाकोशी गाउँंपालिका १ घर भई हाल कटुञ्जे बस्ने २७ वर्षीय दिनेश पौडेल, दोलखा तामाकोशी ६ घर भई हाल काठमाडौ काँडाघारी बस्ने २१ वर्षीय शिब फुयाल, रामेछाप लिखु तामाकोशी २ घर भई हाल काठमाडौ अनामनगर बस्ने २५ वर्षीय नारायण दाहाल, भक्तपुर चागुनारायण नगरपालिका ४ बस्ने ४० वर्षीय सुवाष थापा मगर (गार्ड), भक्तपुर नगरपालिका ४ बस्ने २० वर्षीय सुजन जाकिबन्जार र भक्तपुरकै चागुनारायण नगरपालिका ५ छालिङ बस्ने २७ वर्षीय निरञ्जन लागेजु रहेको परिसरका सूचना अधिकृत रेवतीरमण पोखरेलले जनाए।

उनीहरुबाट सामसङकाे ५५ ईन्चको एलईडी टिभी ३ थान, ४९ ईन्चको एलईडी टिभी १ थान, ४३ ईन्चको एलईडी टिभी ५ थान र ३२ ईन्चको एलईडी टिभी ५ थान बरामद भएकाे प्रहरीले जानकारी दिएकाे छ।

 

प्रकाशित: ४ पुस २०७५ ०९:२५ बुधबार

भक्तपुर चाेरी पक्राउ