५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

महायज्ञबाट पाँच दिनमा ४३ लाख

ललितपुर– बिष्णुडोल खानेपानी आयोजनाको क्षमता अभिवृद्धिका लागि महालक्ष्मी नगरपालिका—८ बिष्णुडोलमा भइरहेको विराट ज्ञान धान्याचल महायज्ञमा पाँच दिनमा ४३ लाख नगद संकलन भइसकेको छ। आइतबार मात्र १३ लाख संकलन भएको  महायज्ञ आयोजक कमिटीका संयोजक कुबेर केसीले बताए।

हालसम्म दान गर्नेमध्ये प्रमुखदातामा विकास राणा, डा. मुकुन्द्र आचार्य, श्रीभक्त बस्नेत, वेदबहादुर खड्का, किशोर खड्का, राधिका थापा, बाबुराम कोइराला, श्यामबहादुर खत्री, निर्मला मरासिनी र विनोद केसी, लोकबहादुर तथा देवकुमारी बिष्ट परिवार, दुर्गाप्रसाद पोखरेल तथा इन्दिरा पोखरेल, रीता बस्नेत, हामी सबैको यातायात, नकुल थापा चांगाथली, ब्लुम नेपाल स्कुल, नारायण खत्री, राजेन्द्र खत्री, अच्युत खत्री तथा सुलोचना खत्री, रामकेशर खत्री तथा सरिता खत्री, रामकेशर खड्का, सानुभाइ खड्का, सूर्यबहादुर खड्का, प्रेरणा खरेल, राजन पौडेल, भगवतीदेवी बिष्ट, विजयकुमार बस्नेत, पवित्र बस्नेत तथा भवानी बस्नेत, नारायण बस्नेत,  कपिल महर्जन, बालचन्द्र बोगटी, बिष्णुडोल बी एण्ड बी कोलोनी, पवित्र टोल, सुन्दरबस्ती, कृष्णमाया खत्री, हरि खड्का र सुरज केसी छन्। विदेशमा रहेकाहरुबाट पनि दान आइरहेको आयोजकले जनाएको छ। अमेरिकामा बसोबास गर्दै आएका चारघरेका राम खड्का, बिष्णुडोलका कुन्दन पोखरेल, अष्ट्रेलियामा बसोबास गर्दै आएका सुवास थापा र रविना थापाले पनि दान गरेका छन्।

रोशी गाउँपालिका प्रमुख डि.वि. लामा, समाजसेवी कुन्साङ लामा, भरत घिमिरे, राजु सत्याल, निशेष चापागाईँ र केदार आचार्यले पनि दान गर्दै खानेपानी आयोजनाको सफलताको कामना गरे। यसैगरी,आइतबार महायज्ञमा महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ र उपमेयर निर्मला थापा उपस्थित भई नगरपालिकाका तर्फबाट दान गरे । मेयर श्रेष्ठले बिष्णुडोल खानेपानी आयोजनाको अभिवृद्धिमा नगरपालिकाले खुलेर सहयोग गर्ने बताए ।

महायज्ञ आयोजक कमिटिका सचिव विवेककुमार कार्कीले सोमबारसम्म ५० लाखभन्दा बढी दान संकलन भइसक्ने आशा व्यक्त गरे । महायज्ञको शुभारम्भ मंसिर २५ गते पूर्व राष्ट्रपति डा. रामवरण यादवले गरेका थिए । आयोजनाको अन्तिम दिन मंगलबार उल्लेख्य भक्तजनको उपस्थिति रहने आयोजकले जानकारी दिए ।

प्रकाशित: २ पुस २०७५ ०३:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App