१४ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

खोटाङ यातायात प्रालिको अध्यक्षमा शाही

खोटाङ – खोटाङ यातायात प्रालिको अध्यक्षमा गणेश शाही चुनिएका छन्। प्रालिको दिक्तेलमा शुक्रबार साँझ सम्पन्न प्रथम साधारणसभा तथा अधिबेसनबाट शाही अध्यक्षमा सर्वसम्मत चुनिएका हुन्। 

जिल्ला समन्वय समितिको समिक्षालय हलमा भएको प्रथम साधारणसभा तथा अधिबेसनले शाहीको अध्यक्षतामा ११ सदस्यीय खोटाङ यातायात प्रालिको गठन गरेको हो । प्रालिका बरिष्ठ उपाध्यक्षमा टेकेन्द्र राई, उपाध्यक्षमा फडिन्द्रकुमार राई, महासचिवमा रामकुमार हिङमाङ र कोषाध्यक्षमा गोबिन्दबहादुर कट्वाल चयन भएका छन्। 

प्रालिको प्रमुख सल्लाहकारमा बुद्धिबिनोद लुईटेल र नैनबहादुर कट्वाल, निर्देशकमा बिष्णुकुमार श्रेष्ठ चयन भएका छन्। यस्तै, जयप्रसाद राईको संयोजकत्पमा लेखा समिति र फडिन्द्र राईको संयोजकत्वमा दुर्घट्ना समिति गठन गरिएको खोटाङ यातायात प्रालिले जनाएको छ। 

 

प्रकाशित: २९ मंसिर २०७५ ०८:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App