८ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

चामल मिलमा आगलागी

पर्सा - पर्सामा एक चामल मिलमा आगलागी भएको छ। सखुवाप्रसौनी गाउँपालिका–४ सोलकपुरस्थित स्थानिय ग्यासुदिन मियाँको  चामल मिलमा शनिबार बिहान आगलागी भएको भएको हो। विद्युत सर्टसर्किट भएर आगलागी भएको प्रहरीले जनाएको छ।

महुवन प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक जिवछ कुमार शर्माले स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको बताए।

उनका अनुसार आगलगीमा धान कुट्ने मेसिन, दमकल, धान,ब्रान, मोटर र नगद ७० हजार सहित करिब ९ लाख ५२ हजार रुपैयाँ बराबरको क्षति भएको छ।

प्रकाशित: २९ मंसिर २०७५ ०५:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App