१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

सप्तरीमा आगलागी, दर्जन बढी घर नष्ट

तस्बिर : जितेन्द्र/नागरिक

राजविराज - सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका–७ वभनगामामा शुक्रवार साँझ आगलागी हुँदा १३ घर जलेर नष्ट भएको छ। स्थानीय विन्देश्वर साफीको घरवाट आगलागी सुरु भएको हो।

आगलागीबाट झण्डै ४० लाख भन्दा बढीको क्षति भएको तिलाठी कोईलाडी गाउँपालिकाका अध्यक्ष शतिसकुमार सिंहले जानकारी गराए। ‘यो प्रारम्भीक अनुमान मात्रै हो’, सिंहले भने, ‘क्षतिको विवरण संकलन कार्यपछि मात्रै यकिन तथ्यांक प्रस्तुत गर्न सकिन्छ।’ आगलागीमा परि विन्देश्वर साफिको ३ वटा घर, एक लाख नगद र पशु चौपाया समेत जलेर नष्ट भएको छ। छोराले विदेशबाट घर बनाउन पठाएको पैसा समेत आगोमा खरानी भएको साफिले बताए।

त्यस्तै स्थानीय सिकी साफिको दुईवटा, परसादी साफिको दुईवटा, प्रयाग साफिको दुईवटा, हनुमानि रजकको २ वटा मजाई साफिको एउटा र छोटेलाल साफिको समेत एउटा घर जलेर नष्ट भएको वडा अध्यक्ष गुलाव प्रसाद सिंहले जानकारी गराए।

धान काटन अधिकांश गाउँलेहरु खेत तिर रहेको र साना बालबालिकाहरु मात्रै वस्तीमा रहेका वेला एक्कासी आगलागी सुरु भएको थियो। आगलागीको कारण अझै खुल्न सकेको छैन। आगलागीका कारण घरमा रहेको लत्ताकपडा, खाद्यान, नगद तथा गरगहना लगायतका सामग्रीहरु जलेर नष्ट भएकाे इलाका प्रहरी कार्यालय हनुमाननगरले जनाएको छ। राजविराज र हनुमाननगर कंकालिनी नगरपालिकाको वारुण यन्त्र, प्रहरी र स्थानीयहरुको सहयोगमा झण्डै एक घण्टा पछि आगो नियन्त्रणमा आएको थियो। आगलागीमा घरवार जलेपछि पीडित दलित समुदायकाे विजोग भएको छ। चिसोको समयमा घरवार जलेपछि बालबालिकाहरुलार्इ ओतलाग्ने ठाउँ समेत नरहेका स्थानीय पीडित गुलावो रजकले बताइन्। 

प्रकाशित: २८ मंसिर २०७५ १३:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App