११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

प्रजिअ कुरुम्बाङलाई आइडलको उपाधि

बर्दिया – नेपाल सरकारका सहसचिव एवं बर्दियाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले यस वर्षको इन्टिग्रेटी आइडलको उपाधि जितेका छन्। निजामती कर्मचारीलाई प्रदान गरिने सो सम्मानका लागि छनोट भएका पाँचजनामध्ये एसएमएस र अनलाइनमार्फत गरिएको भोटमा अधिकतम भोट प्राप्त गरी कुरुम्बाङले सो उपाधि प्राप्त गरेका हुन्। शुक्रबार काठमाडौंमा आयोजित एक औपचारिक कार्यक्रममा उपाधिसहित उनलाई सम्मान गरिएको छ।

उनले ताप्लेजुङ, म्याग्दी, सोलुखुम्बु, अछाम र प्युठानमा प्रमुख जिल्ला अधिकारीको भूमिका निर्वाह गरिसकेका छन्। हाल उनी बर्दियामा कार्यरत छन्। २०४५ सालमा खरिदार पास गरी निजामती सेवामा प्रवेश गरेका उनी खरिदारबाट राजीनामा गरी २०४९ सालमा नेपाल आर्मीको सेकेन्ड लेफ्टिनेन्ट भएका थिए। तर शारीरिक समस्याको कारण उनी २०५५ मा पुनः निजामती क्षेत्रमा फर्केका थिए।

उनी तेह्रथुमको सिम्लेका बासिन्दा हुन्। इन्टिग्रेटी आइडल सम्मानबाट सम्मानित भएपछि काम गर्न ऊर्जा थपिएको उनले बताए। विश्वव्यापीरूपमा सरकारी सेवाका आइडल छान्दै आएको इन्ट्रिग्रेटी आइडलले नेपालमा सन् २०१४ बाट आइडल छान्न सुरु गरेको हो।

विकास निर्माणमा सहजीकरण, बजार अनुगमन कडाई, मुस्कानसहितको सेवा, घुम्ती शिविर सञ्चालन र सहज सरकारी सेवा दिनका जिल्लामा उनले गरेको योगदानका कारण प्रजिअ उनी जनतामाझ लोकप्रिय रहेका छन्। बाढीग्रस्त जिल्लामा बबई र कर्णाली नदी नियन्त्रणका लागि उनले गरेका पहलले पनि उनको लोकप्रियता थप उचाइमा पुगेको थियो।

प्रकाशित: २३ मंसिर २०७५ ०१:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App