१४ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

‘निर्मलालाई न्याय देउ’

खोटाङ -  नेपाल तरुण दल खोटाङले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गर्नमा संलग्न दोषीको पहिचान गरेर कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएको छ। सोमबार जिल्ला प्रशासन कार्यालय खोटाङमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाउँदै तरुण दलले ४ महिना बित्दा समेत निर्मलाको बलात्कार र हत्याजस्तो जघन्य अपराधिक घटनामा संलग्न बलात्कारी एबं हत्याराको पहिचान गरेर हदैसम्मको कारबाही नभएकोमा आपत्ती प्रकट गरेको छ। तरुण दलले कुकृत्यमा संलग्न अपराधीलाई तत्काल कानूनको कठघरामा ल्याउन र निर्मलालाई न्याय दिन सरकारको ध्यानाकर्षण गराउनु परेको तरुण दलका अध्यक्ष भिषण राईले बताए। 

निर्मलाको बलात्कारपछि हत्या भएको लामो समय बित्दा समेत दोषी पत्ता लगाउन नसकेको भन्दै तरुण दलले सरकारको आलोचना गर्दै प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेलमार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो। तरुण दलले गम्भीर प्रकृतिको अपराधमा संलग्न अपराधीलाई तत्काल कारबाहीको दायरामा नल्याइएमा निर्मलालाई न्याय दिलाउन जुनसकै कदम चाल्ने चेतावनी समेत दिएको छ।

प्रकाशित: १७ मंसिर २०७५ ०७:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App