१० आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

भरपर्दाे अनुसन्धान नभएकाे भन्दै परिवारले शव बुझ्न मानेन

दाङ –घोराहीमा हत्या गरिएका हार्डवेयर व्यवसायी नन्दबहादुर घर्ती मगरको परिवारले भरपर्दो अनुसन्धान हुन नसकेको भन्दै अझै शव बुझ्न मानेको छैन। बिहीबार बेलुका हत्या भएलगत्तै एक जनालाई पक्राउ गरिए पनि घटनामा अन्यको समेत संलग्नता हुन सक्ने भन्दै पीडित परिवारले शव बुझ्न नमानेको हो। 

व्यवसायी मगरको हत्या अभियोगमा रोल्पा तालावाङ घर भई हाल घोराही– १३ बासबोटमा घर बनाउँदै गरेका अमर खत्री पक्राउ परेका छन्। पीडित परिवार र आफन्तले भने घटनाको प्रकृति हेर्दा एक्लैले मात्रै हत्या नगरेको भन्दै प्रभावकारी अनुसन्धान गर्न माग गरेका छन्। 

अनुसन्धानको दायरा बढाएर पीडितलाई आश्वस्त पार्नुपर्ने र दोषीलाई कानूनी दायरामा ल्याउनुपर्ने मृतककी श्रीमती सुमित्राको माग छ। अभियुक्त खत्री बस्दै आएका घरबेटीलाई समेत अनुसन्धानको दायरामा ल्याउनुपर्ने पीडित परिवारको माग छ। 

हत्याको कारण रकम लेनदेनको विषय मात्रै हुन नसक्ने भन्दै उनीहरुले प्रभावकारी अनुसन्धान गर्न प्रहरीको ध्यानाकर्षण गर्दै आएका छन्। अपराधमा खत्री मात्रै अहिलेसम्म संलग्न देखिएको भन्दै थप अनुसन्धानको पाटालाई पनि अघि बढाइएको प्रहरी स्रोतले जनाएको छ। पक्राउ परेकासँग सोधपुछसँगै टेलिफोनको कल डिटेलमा अनुसन्धान थालिएको प्रहरीको भनाइ छ। 

घोराही उपमहानगरपालिका १४ नयाँ बसपार्कको माथिल्लो पुल नजीकै माडी हार्डवेयर पसल सञ्चालन गर्दै आएका मगरको बिहीबार बेलुका घोराही १३ दूधेसोतामा हत्या भएको थियो। उनको शव राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव परीक्षण गृहमा राखिएको छ। रासस

प्रकाशित: १५ मंसिर २०७५ ११:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App