२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

पहिरो पीडितका लागि जग्गा खरिद

गुल्मी - गाउँपालिकाका वाढी पहिरो पीडितका लागि जग्गा खरिद गरिएको छ। जिल्लाको मदाने गाउँपालिकाले वडा नम्बर ३ का वाढी पहिरो पीडीतका लागि घर बनाईदिने भन्दै जग्गा खरिद गरेको हो।

सालझण्डी ढोरपाटन सडक खन्ने क्रममा घरबास नै गएपछि मदाने ३ सिर्सेनी पोखराका १८ दलित घरपरिवारलाई घर निर्माण गरिदिन लागि गाउँपालिकाले १५ लाख रुपैयाँमा जग्गा खरिद गरेर गाउँपालिकाको नाममा पास गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भण्डारीले जानकारी दिए। अति गरिव, विपन्न दलित बस्ती रहेको पोखराका १४ घरपरिवार पहिरोका कारण विस्तापित नै भएकाले उनीहरुको लागि गाउँपालिकाले साविक सिर्सेनी ६ का केशव प्रसाद अर्यालका नाममा रहेको कित्ता नम्बर ५१३, ५१४ र ५१५ वाटकाचौरमा करिव २२ रोपनी जग्गा खरिद गरेको भण्डारीले बताए। जनता आवास पूर्वाधार कार्यक्रम अन्तर्गत डिपिआर गरेर एकै प्रकारका घर निमार्ण गरी पीडितहरुलाई छिट्टै हस्तान्तरण गरिने भण्डारीले बताए।

 

प्रकाशित: ९ मंसिर २०७५ १०:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App