१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

प्रदेशसभा स्वतन्त्र उम्मेदबारको गोली प्रहार गरी हत्या

कपिलवस्तु – गत वर्ष सम्पन्न प्रदेशसभाको निर्वाचनमा कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ को (ख) बाट प्रदेश सभा सदस्यको स्वतन्त्र उम्मेदबार रहेका दिपेन्द्र कुमार चौधरी (राजा बाबु) को गोली प्रहार गरी हत्या गरिएको छ। जिल्लाको शुद्धोधन गाँउपालिका-४ मोतीभारीस्थित घर नजिकै उनीमाथी गोली प्रहार भएको हो।

युवाहरुको दुई समूहबीच भइरहेको झडप मिलाउन जाँदा उनीमाथी गोली प्रहार भएको थियो। उनको शरिरका विभिन्न भागमा पाँच गोली लागेको प्रहरीले जनाएको छ। घटना गएराति ९ बजेतिर भएको र घटना लगत्तै उनलाई उपचारका लागि युनिभर्सल मेडिकल कलेज भैरहवा लगिएको भएपनि दश बजेतिर निधन भएको प्रहरी नायव उपरिक्षक प्रवि रावलले बताए।

गोली प्रहार भएको स्थानमा गोलीका ३,४ खोका भेटिएको जनाउदै केहि शंकास्पद व्यक्तिलाई अनुसन्धानका लागी नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय पकडीका प्रहरी निरिक्षक सन्तोष पोखरेलले जानकारी दिए।

प्रकाशित: ८ मंसिर २०७५ ०१:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App