२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

हुसेन हत्याको आशंकामा छ भारतीय पक्राउ

काठमाडौ– सुनसरीको दुहवीमा ईटा उद्योगका सञ्चालक मोहम्मद फिदा हुसेनको हत्याको आसंकामा प्रहरीले ६ भारतीय नागरिक पक्राउ परेका छन्। आज विहान बजारमा अज्ञात समूहले हुसेन माथि गोली प्रहार भएको थियो। गोली प्रहारबाट घाइते भएका जय बाबा इटा उद्योगका सुपरभाइजर हुसेनको नोबेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। 

हत्याको आशंकामा पक्राउ परेका सवै छ जना भारतीय नागरिक रहेको नेपाल प्रहरी प्रवक्ता उत्तम सुवेदीले जनकारी गराए। पक्राउ पर्नेहरु सबै सोही ईँटा उद्योगमा कार्यरत कामदार र सुरक्षाकर्मी रहेका जनाइएको छ। ‘हत्यामा संलग्न रहेकोे आशंकामा ६ जना भारतीय पक्राउ परेका छन्,’ सुवेदीले भने, ‘थप अनुसन्धान जारी छ।’ पक्राउ परेकाहरूकाे पहिचान खुलाइएकाे छैन।

हुसेनको हत्यापछि दुहबीमा स्थानीयले प्रदर्शन गरेका छन्। सुनसरीमै यसअघि हरिनगर–२ मा एक विद्यालयका अध्यक्ष खुर्सिद आलमको गोली हानी हत्या गरेको थियो। प्रहरीले हालसम्म पनि खुर्सिद हत्याका दोषी पहिचान गर्न सकेको छैन।
 

 

प्रकाशित: ५ मंसिर २०७५ ०७:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App