२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

१२ वटा कछुवा सहित रशिक पक्राउ

काठमाडौं- कछुवा विक्री वितरण गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। दोलखा भिमेश्वपर नगरपालिका २ बस्ने १८ वर्षीय रशिक श्रेष्ठलाई ललितपुर महानगरपालिका ७ ग्वार्कोबाट जिवित १२ वटा  कछुवा सहित केन्द्रीय अनुसन्धान व्यूरोबाट खटिएको प्रहरीले सोमबार पक्राउ गरेको हो।

सोही ठाउँस्थित जाँच गर्ने क्रममा अवैध रुपमा संरक्षित वन्यजन्तु जिवित कछुवा खरिद बिक्री गर्न ओसारपसार गरी ल्याई साथमा बोकी राखेको अवस्थामा रशिकलाई प्रहरीले पक्राउ गरेको हो। उनलाई आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय ललितपुरमा बुझाइएको छ।

प्रकाशित: ४ मंसिर २०७५ ०७:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App