पाल्पा – पाल्पामा ३१७ जना एचआइभी संक्रमित फेला परेका छन्। आव २०७४–७५ मा ११ पुरुष, नौ महिला, १४ वर्ष मुनिका २ जना बालबालिका गरी २२ जना संक्रमित बिरामी नयाँ थपिएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी माधव ज्ञवालीले बताए।
संक्रमितमध्ये नियमित एआरटी सेवा लिने २०४ जना बिरामी रहेका छन्। जिल्लाको मिसन अस्पतालबाट संक्रमितले निःशुल्क एआरटी सेवा लिइरहेका छन्। जिल्लामा करिब ४१ जना एचआइभी संक्रमित खुलेर हिँड्ने गरेका छन्।
विभिन्न लाञ्छनाका कारणले समाजमा संक्रमित बिरामी खुल्न हिचकिचाउने गरेको पाइन्छ। संख्यागत हिसाबले खुल्नेको संख्या जिल्लामा न्यून रहेपनि विगतका वर्षको तथ्याङ्कलाई हेर्दा अहिले समाजमा खुल्नेको संख्यामा सुधार रहेको देखिन्छ। (रासस)
प्रकाशित: ४ मंसिर २०७५ ०६:१५ मंगलबार