९ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

बसको ठक्करबाट किशोरीको मृत्यु

बर्दिया - बसले ठक्करबाट सोमबार बर्दियामा एक किशोरीको मृत्यु भएको छ। कालिकोटबाट टीकापुरतर्फ जाँदै गरेका ना ४ ख ५३७५ नम्बरको यात्रुबाहक बसले ट्युसन पढ्न गइरहेकी ठाकुरबाबा नगरपालिका–६ बकुवाकी १४ वर्षीया निर्मला थारुलाई ठक्कर दिँदा उनको घटनास्थलमै ज्यान गएको थियो।

पूर्व–पश्चिम राजमार्गको ठाकुरबाबा नगरपालिका–२ स्थित रानीपुरमा चौधरीलाई बसले ठक्कर दिएको थियो। बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक सुरेन्द्र प्रसाद मैनालीले बताए।

 

प्रकाशित: ३ मंसिर २०७५ ०८:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App