६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

सडक उद्घाटनको तयारीसँगै डोल्पावासीमा खुसीयाली छाउदै

उद्घाटन स्थल।

डोल्पा - जाजरकोट–डोल्पा सडकको ट्रयाक खोल्ने कार्य सम्पन्न भएसंगै सडकको औपचारिक उद्घाटनको तयारी अन्तिम चरणमा पुगेको छ। संघीय सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले मंसिर ४ गते जाजरकोट–डोल्पा सडकको औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

नेपाली सेना र स्थानीय बासिन्दाको सक्रियतामा उद्घाटनको तयारी अन्तिम चरणमा पुगेको जाजरकोट–डोल्पा सडक निमार्ण कार्यदलले जनाएको छ। आर्थिक बर्ष ०६६/०६७ देखि जाजरकोटको पासागाढबाट सडकको निमार्ण कार्य सुरु गरेको नेपाली सेनाले डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वार्ड नं ३ मा पर्ने सुँपानी सम्मको १०४ किलोमिटर सडक खण्डको ट्रयाक खोल्ने कार्य सम्पन्न गरेसंगै डोल्पाको सदरमुकाम दुनै सडक सन्जालमा जोडिएपछि त्रिपुराकोटको छलगाडमा सडक उद्घाटन गर्न थालिएको जाजरकोट–डोल्पा सडक निमार्ण कार्यदलका प्रमुख कर्णेल बिश्वबन्धु पहाडीले बताए।

सयाैं बर्ष देखि सडक सपना पालेर बसेका डोल्पालीहरुमा उद्घाटनकाे खबरसँगै खुसीयाली छाएकाे छ। कहिले सडक उद्घाटन होला र यातायातका साधनहरु गुडेको देख्न पाइएला भनेर आफुहरु सडक उद्घाटनको व्यग्र प्रतिक्षामा रहेको त्रिपुरासुन्दरी नगरपालिका वार्ड नं १ का नयनसिँ कठायतले बताए।

त्रिपुरासुन्दरी नगरपालिका अन्तरगत पर्ने छलगाढ देखि त्रिपुराकोट कोट बगरसम्मको सडक खण्डमा पर्ने झण्डै दुई किलोमिटर सडक खण्ड आर्थिक बर्ष ०६५/०६६ मा सांकेतिक रुपमा खनिएपनि सडकको पुर्ण ट्रयाक र फिनिसिङ्ग लगायत छलगाढ भीर समेत कटानी गर्न भने बाँकी नै छ। जाजरकोटको पासागाढ देखि डोल्पाको सदरमुकाम दुनै सम्म एकसय १८ किलोमिटर सडकको लम्बाई रहेको छ।

प्रकाशित: २ मंसिर २०७५ ०८:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App