७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

स्कुटर चोरेर भाग्दै गर्दा पक्राउ

काठमाडौं– प्रहरीले स्कुटर चोरी गरी भाग्दै गरेको अवस्थामा शनिबार एकजनालाई पक्राउ गरेको छ। सिन्धुली घर भई हाल भक्तपुर नगरपालिका १ सल्लाघारी बस्ने रबिन थापालाई विहान पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ। 

उनलाई मध्यपुर थिमि नगरपालिका ४ एसएस चोकबाट पक्राउ गरिएको परिसरका सूचना अधिकृत रेवतीरमण पोखरेलले जानकारी दिए। चोरी भएको स्कुटर र २ थान माबइलसहित उनलाई पक्राउ गरिएको परिसरले जनाएको छ।

रामेछापका बिधुर खड्काले भक्तपुर नगरपालिका १ सल्लाघरीमा सञ्चालन गरेको राम भोले मोटर ड्राईभिङ सेन्टरबाट बा ५३ प ६५७६ नं.को स्कुटर  र मोबाइल चोरी भएको भन्ने खबरका पाएलगत्तै प्रहरीले पिछा गर्दा भाग्दै गरेकै अवस्थामा पक्राउ गरेको परिसर भक्तपुरले जनाएको छ । उनलाई हाल महानगरीय प्रहरी वृत्त जगातीमा राखिएको जनाइएको छ । घटनाबारे थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।  

 

प्रकाशित: १ मंसिर २०७५ ०७:१४ शनिबार

स्कुटर_चोरी पक्राउ प्रहरी