९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

हत्या र आत्महत्याको विवादले करुणाको शव १२ घण्टापछि उठ्यो

मृतकको शव पोष्टमार्टमका लागि मलंगवा लैजान शव बाहनमा राख्दै सुरक्षाकर्मी । तस्बिरः टंक/नागरिक

सर्लाही – हरिवन नगरपालिका–७ निवासी २३ वर्षीया करुणा बुढाथोकी कार्कीको हत्या भएको दावी गर्दै माइतीपक्षले निश्पक्ष छानविनको माग गरेका छन्। तर घर पक्षले भने करुणाले बिहीबार राती १० बजेतिर आफ्नै घरको सुत्ने कोठामा झुण्डिएर आत्महत्या गरेको बताएका छन्।

नेपाल प्रहरीबाट निश्पक्ष छानविन गर्ने प्रतिबद्धता आएपछि अहिले बिहान साँढे १० बजे माइतीपक्षले शव उठाउन दिएका छन्। राती १ बजेतिर घटनास्थल आइपुगेका माइतीपक्षले घर परिवारका सदस्य एवं गाउँलेमाथि हत्या नै भएको भन्दै तथानाम गालीगलौज सहित आक्रोश व्यक्त गरेपछि दर्जनौं सुरक्षाकर्मी खटाइएको थियो। चिकित्सक एवं नेपाल प्रहरीको ‘सोको’ अफिसर सहितको टोलीले मृतकको शव निरीक्षण एवं घटनास्थल मुचुल्का तयार पारेको छ।

शव पोष्टमार्टमका लागि सदरमुकाम मलंगवास्थित जिल्ला अस्पताल लगिएको छ। मृतककी आमा मनमाया बुढाथोकी भारतको दिल्लीबाट आज साँझसम्म आइपुग्ने र त्यसपछि मात्र शवको पोष्टमार्टम गर्न दिइने मामा विष्णु गौतमले जानकारी दिए।  प्रहरी उपरीक्षक पोषराज पोखरेलले शवको पोष्टमार्टम रिपोर्ट नआएसम्म केही भन्न नसकिने जानकारी दिए।

‘प्रारम्भीक अनुसन्धानका क्रममा घटना देखिसकेपछि प्रहरीलाई खबर गर्नुको सट्टा मृतकको श्रीमानले हतार हतार शल काटेर शव आगनमा ल्याएको देखिएको छ’, प्रउ पोखरेलले भे, ‘विवाद देखिएपछि घटनाको गम्भीर ढंगले अनुसन्धान अगाडि बढाइएको छ।’ नयाँ कानुन अनुसार मृत्युको कारण पारिवारिक ‘टर्चर’ ले भएको देखिएमा समेत कारवाही हुने प्रउ पोखरेलले बताए। जिल्लास्थित लालबन्दी नगरपालिका–१०, बस्तीपुर माइतीभएकी करुणाको गत वैशाख १६ गते हरिवन–७, पर्ताटोल निवासी नारायण भन्ने अनराज कार्कीसँग विवाह भएको थियो।

प्रकाशित: ३० कार्तिक २०७५ ०७:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App