७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

ललितपुर बन्यो विश्व 'क्रयाफ्ट सिटी'

तस्बिरः रासस

काठमाडौं– ललितपुर महानगरपालिकालाई विश्व क्राफ्ट सिटीको रुपमा घोषणा गरिएको छ।  आजदेखि राजधानीमा सुरु भएको १६ औँ अन्तर्राष्ट्रिय हस्तकला व्यापार मेला तथा १४ औँ हस्तकला प्रतियोगिताकोे अबसरमा विश्व कला परिषद्ले ललितपुर महानगरपालिकालाई १६ औ विश्व क्राफ्ट सिटीको रुपमा घोषणा गरेको हो।

 मेला उद्घाटन कार्यक्रममा परिषद्की एशिया प्रशान्त क्षेत्र अध्यक्ष डा. घाडा हिजामी कडामीले ललितपुर महानगरपालिका मेयर चिरीबाबु महर्जनलाई वल्र्ड क्राफ्ट सिटी घोषणाको पत्र उपलब्ध गराएकी छन्। परिषद्ले अहिलेसम्म विश्वका १५ वटा सहरलाई वल्र्ड क्राफ्ट सिटीको रुपमा घोषणा गरेको छ। ललितपुर महानगरपालिका वल्र्ड क्राफ्ट सूचीमा पर्ने १६औं शहर हो भने नेपालमा पहिलो शहर हो ।

नेपाल हस्तकला महासंघले आयोजना गरेको व्यापार मेला मंसिर दुई गतेसम्म चल्नेछ । मेलामा पस्मिना, हाते कागज, धातु, सुनचाँदी, ऊनी तथा सुती, ढाकाका सामान, छालाजन्य सामग्री, प्राकृतिक रेशा र बाँसका सामान, जडीबुटीलगायतका वस्तु राखिएका छन् । प्रदर्शनीमा स्वदेशी व्यवसायीले १५० तथा भारत, चीन, पाकिस्तान, श्रीलंका, बंगलादेश र भूटानका २० वटा बिक्री कक्ष राखेका छन्। मेलाकाे अर्थमन्त्री डा. युवराज खतिवडाले उद्घाटन गरेका थिए।

प्रकाशित: २८ कार्तिक २०७५ ११:५७ बुधबार

ललितपुर_महानगरपालिका क्रयाफ्ट_सिटी हस्तकला