१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

कैदीबन्दीले लगाए भाइटीका

गुल्मी – गुल्मीका कैदीबन्दीले भाइटीका लगाएका छन्। जिल्ला कारगार गुल्मीमा रहेका कैदीबन्दीहरूले आफ्ना दिदीबहिनीको हातबाट भाइटिका लगाएका हुन्।

५३ जना पुरुष, ४ जना महिला र २ जना नाबालिका गरी ५९ जना कैदी रहेका जिल्ला कारगार गुल्मीमा ८ जनाले कारगार भित्रै भाइटीका लगाएको गुल्मी प्रहरी प्रमुख दिपक कुमार बस्नेतले जानकारी दिए। उनीहरुले भाइटीका शुभसाइतमै लगाएको कारगार  गुल्मीले जनाएको छ।

भाइटीका लगाएपछि कैदी बन्दीहरूले कारगार भित्रै देउसी भैलो खेलेर रमाइलो गरेका छन्। विभिन्न अपराधमा कारगार चलान भएका उनीहरूले कारगार भित्रै रमाइलो गरी भाइटीका मनाउन पाउँदा खुसीयाली छाएको प्रतिक्रिया दिए।

कर्तव्य ज्यान मुद्दामा कारगारमा रहेको भएपनि भाइटीका लगाउन पाउँदा खुसि लागेको वासु जिसिले बताए। यस्तै जवरजस्ती करणी मुद्दामा कारगारमै रहेका भरत नेपालीले पनि शुभसाइतमै टीका लगाउन पाउँदा खुसी लागेको बताए। ‘हामीले सिडियो सावलाई आग्रह गरेपछि  हुन्छ भन्नुभयो’, नेपालीले भने, ‘गल्ती गरेर कारागारमा भएपनि टीका लगाउन पाउँदा धेरै खुसी लागेको छ।’

कारगार गुल्मीमा मुढा बुनाई, ढाकाका कपडा बुन्ने, आरन, कृषि लगायतका विभिन्न उद्योगहरू समेत सञ्चालनमा आएका छन्। सञ्चालित उद्योगबाट कैदी बन्दीहरूले राम्रो आम्दानी गर्दै आएको कारगार गुल्मीका प्रमुख उद्वव पन्थीले जानकारी दिए।

प्रकाशित: २३ कार्तिक २०७५ ०७:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App