४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

नेपाल र बेलायतबीच शैक्षिक सहकार्यको प्रस्ताव

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल र नेपालका लागि बेलायती राजदूत रिचार्ड मोरिसबीच सोमबार भएको भेटमा शैक्षिक सहकार्यका विषयमा छलफल भएको छ।

बेलायतले नेपालमा छात्रा शिक्षा, विपन्न र लक्षित वर्गलाई शैक्षिक सहयोग गर्ने विश्वास व्यक्त गरेको छ भने नेपालले प्राविधिक तथा व्यावसायिक शिक्षा विस्तार गर्न र प्रविधिका क्षेत्रमा साझेदारी गर्न नेपाल इच्छुक रहेको जनाएको छ।

सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा राजदूत मोरिसले बेलायत सरकार नेपालको शिक्षाको विकासका लागि साझेदारी गर्न तयार रहेको बताए।

राजदूत मोरिसले ए लेभलको समकक्षता सम्बन्धनका विषयमा चासो व्यक्त गर्दै आवश्यक सहजीकरणका लागि आग्रह पनि गरेका थिए। भेटमा मन्त्री पोखरेलले साझेदारीमार्फत शिक्षा क्षेत्रको थप विकास गर्न सदैव तयार रहेको बताए।

प्रकाशित: १९ कार्तिक २०७५ १५:२८ सोमबार

शैक्षिक_सहकार्य नेपाल_बेलायत