७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

सशस्त्र प्रहरीले दशैंमा निःशुल्क बस चलाउने

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालद्वारा दशैंको अवसरमा काठमाडौं उपत्यकामा ४ वटा बस निःशुल्क रुपमा सञ्चालन गर्ने भएको छ। दशैंको बेला सार्वजनिक यातायातका साधनहरु न्यून रुपमा चल्ने भएकोले सर्वसाधारणको आवतजावतमा सुविधा पु-याउने उद्देश्यले सशस्त्र प्रहरी बल नेपालद्वारा निःशुल्क बस संचालन गर्न लागिएको हो।

काठमाडौं उपत्यकाभित्र सशस्त्र प्रहरी बल नेपालको निःशुल्क बस सेवाको एउटा रुट कलंकीबाट छुटेर कालिमाटी, त्रिपुरेश्वर, माईतिघर, बानेश्वर, कोटेश्वर, ठिमी हुँदै सुर्यविनायक पुगी पुनः सोही रुटबाट कलंकीसम्म फिर्ता हुनेछ।  

यसैगरी अर्को रुटमा लगनखेल, जावलाखेल, पुल्चोक, त्रिपुरेश्वर, जमल, लैनचौर, नारायणगोपालचोक, बाँसबारीहुँदै बुढानिलकण्ठसम्म पुग्नेछ भने सोही रुट हुँदै लगनखेलसम्म पुग्नेछ। 

यसैगरी सशस्त्र प्रहरी बलको अर्को बस स्वयम्भु हल्चोकबाट छुटेर कलंकीहुँदै बल्खु, सातदोबाटो, कोटेश्वर, गौशाला, चावहिल, सामाखुशी, बालाजुहुँदै चक्रपथ परिक्रमा गर्नेछ भने अर्को बस स्वयम्भु हल्चोकबाट छुटेर बालाजु हुँदै सामाखुशी, चावहिल, गौशाला, कोटेश्वर, सातदोबाटो, बल्खु, कलंकी भएर चक्रपथ परिक्रमा गर्नेछ। 

सशस्त्र प्रहरी बलले काठमाडौं उपत्यकाभित्र संचालन गर्ने सो निःशुल्क बस दशैंको विदा अवधिभर बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म संचालन हुनेछ। 

प्रकाशित: २९ आश्विन २०७५ १४:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App