६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

दुर्घटनामा एकको मृत्यु

कावासोती – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको विनयीत्रिवेणी गाउँपालिकामा ट्रक दुर्घटना हुँदा आज बिहान एकजनाको मृत्यु भएको छ।

भैरहवाबाट पोखराका लागि छुटेको ग १ ख ४१६७ नं को ट्रकले बिग्रिएर रोकी राखेको ना १ ख १४१ नं को ट्रकलाई ठक्कर दिँदा मर्मत गर्दै गरेका सहचालक नवलपरासी गैँडाकोट ढोडेनीका २० वर्षीय धनबहादुर मगर गम्भीर घाइते भएकोमा भरतपुर अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो।

उक्त दुर्घटनामा परेका ट्रक चालक ढोडेनीका २७ वर्षीय वसन्त भुजेल घाइते भएका र उनको भरपुरमा उपचार भइरहेको नवलपरासी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले बताए। रासस

प्रकाशित: २९ आश्विन २०७५ ०६:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App