५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

सुनकोसी नदीमा बस खस्यो, एकै परिवारका २ सहित ३ को मृत्यु (अपडेट)

सिन्धुली- सिन्धुलीको मरिणबाट काठमाडौं तर्फ गइरहेको बस सुनकोसी गाँउपालिकाको ५ रिठ्ठेभिरबाट सुनकोसी नदीमा खस्दा १ जनाको घट्नास्थलमै र २ जनाको उपचारका क्रममा मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। दुर्घटनामा परि सिन्धुपाल्चोक जिल्लाको सुनकोसी गाँउपालिका ८ का २९ बर्षीय रवि भण्डारीको घट्नास्थलमै मृत्यु भएको छ भने मरिण गाँउपालिका वडा नं. ८ का बस चालक २८ बर्षीय राजकुमार लामा र उनकै भाई २३ बर्षीय अमित लामाको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी रामेश्वरप्रसाद यादवले जानकारी दिए।

घटनास्थलबाट ७ जनालाई उद्धार गरी उपचारकालागि धुलीखेल तर्फ पठाईएकामा गम्भीर घाइते भएका दुई जनाको अस्पतालमै मृत्यु भएको एसपी यादवले बताए। घाइते हुनेमा सिन्धुपाल्चोक जिल्ला बलेफि गाँउपालिका वडा नं. ८ बस्ने १८ बर्षीय रोहन पराजुली, गोर्खा जिल्ला ताल्ची बजार बस्ने बर्ष ३५ का हरी दाहाल, रामेछाप जिल्ला खाडादेवी गाँउपालिका ५ बस्ने २५ बर्षीय दिर्गराज मोक्तान र सिन्धुलीको मरिण गाँउपालिकाका ३० बर्षीय आशिष लामा रहेका छन्। उनिहरुको धुलिखेलमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटना अत्याधिक सवारी चापकै कारण भएको प्रहरीले जनाएको छ। 'राजमार्ग सानो छ, सवारी चाप बढेको छ', दुर्घटना स्थलबाट इलाका प्रहरी कार्यालय खुर्कोटका इन्स्पेक्टर असोजककुमार झा ले नागरिकसँग भने। सिन्धुलीको मरिणबाट काठमाडाैं तर्फ जादै गरेको सुपर बासुकीको ना.६ ख ९१२ नम्बरको बस र विपरित दिशाबाट आइरहेको बा ९९ प २५९७ नम्बरको मोटसाइकल एक आपसमा ठोक्किदा दुर्घटना भएको हो तर सवारी चापकै कारण बस ठोक्किएको हुनसक्ने प्रहरीको अनुमान छ। बस राजमार्गबाट करिब पाँच सय मिटर तल सुनकोसी नदीमा खसेको थियो। २०६८ साल असोज २६ गते सोही स्थानबाट सिन्धुलीबाट काठमाण्ठौ जादै गरेको बस दुर्घट्ना हुँदा ४१ जनाको ज्यान गएको थियो। 

 

प्रकाशित: २६ आश्विन २०७५ ०७:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App