२३ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

निर्मला हत्याकाे प्रतिवेदनमा असन्तुष्टि, महेन्द्रनगरमा वृहत प्रदर्शनकाे तयारी

महेन्द्रनगर - कञ्चनपुरको भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ बर्षीय बालिका निर्मला पन्तको बलात्कार र हत्याबारे सार्वजनिक गरिएकाे प्रतिवेदनमा आन्दोलनरत नागरिक समाज संघर्ष समितिले असन्तुष्टि जनाएको छ। सरकारले छानवीन समितिकाे प्रतिवेदन सार्वजनिक नगरेकाे भन्दै चाैतर्फि विराेध भएपछि सरकारले अाइतवारमात्रै छानविन समितिकाे प्रतिवेदन सार्वजनिक गरेकाे थियाे।

संघर्ष समितिले सोमबार साँझ आयोजना गरेको बैठकमा आफुहरुको माग अनुरुप प्रतिवेदन सार्वजनिक भएता पनि त्यसप्रति असन्तुष्टि जनाएको छ। संघर्ष समितिकी संयोजक मिना भण्डारीले भनिन्,‘हामी अझै सन्तुष्ट छैनौं, मुख्य अपराधि पत्ता लगाएर कार्वाही होस् भन्ने हाम्रो माग छ।’ संघर्ष समितिले मंगलबार महेन्द्रनगर बजारमा शान्तीपुर्ण र्याली निकाल्ने निर्णय गरेको छ। र्यालीपछि स्थानीय प्रशासन मार्फत सरकारलाई ज्ञापन पत्र बुझाउने समेत निर्णय भएको संयोजक भण्डारीले बताए। नेपालीहरुकाे महत्वपुर्ण पर्व नजिक भएकाले कार्तिक सात गतेसम्मकालागि आन्दोलन स्थगन गर्ने निर्णय गरिएको समितिले बताएकाे छ।

साउन १० गते वेपत्ता भएकी निर्मला ११ गते मृत अवस्थामा फेला परेकी थिईन्। वार्ड नम्बर १८ को एक उखुबारीमा उनको शव फेला परेको थियो। घटना यता चार वटा छावविन समिति गठन भएपनि वास्तविकता बाहिर आउन सकेको छैन्। घटना भएको सवा दुई महिना बितिसकेकाे छ।

 

प्रकाशित: २२ आश्विन २०७५ १२:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App