२ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

सौराहमा आन्तरिक पर्यटकलाई प्याकेज

काठमाडौं– चितवनको सौराहामा रहेको जंगल सफारी लजले आन्तरिक पर्यटक लक्षित गरी ‘यसपालीको दशैं तिहार चितवनमा’ योजना ल्याएको छ। असोज १५ देखि कात्तिक मसान्तसम्म लागु हुने योजनामा पर्यटकले ६ हजार ९ सय ९९ रुपैयाँमा दुई रात तीन दिनको सौराहा प्याकेजमा घुम्न पाउनेछन्।

‘प्याकेजमा सहभागी हुनेले लन्च, डिनर र ब्रेकफास्ट सहित सम्पुर्ण सफारी गर्न पाउने छन्’, लजका कार्यकारी निर्देशक सुमन घिमिरेले भने। उनका अनुसार पर्यटकले प्याकेजमा खाना अलावा जीप सफारी, डुँगा सयर, हात्ती प्रजनन केन्द्र भ्रमण, थारु नाच, सूर्यास्त र थारु गाउँ अवलोकन गर्न पाउनेछन्।

‘हामीले यसपटक जीप सफारीलाई प्राथमिकता दिएका छौं, तर अतिरिक्त शुल्क तिरेर हात्ती सफारी पनि गर्न सकिने छ’, घिमिरे भन्छन्, ‘हामीले विदाको समयमा आन्तरिक पर्यटकलाई लक्षित गरी यो योजना ल्याएका हौं।’

सहुलियत मुल्यमा पूर्ण वातारणअनुकुलित कोठा, रेष्टुरेण्ट र वाइफाई सुविधा हुनुका साथै पर्यटकले सौराहाका अन्य गतिविधिमा सहभागी हुन सक्ने पनि उनको भनाई छ।

सौराहालाई लोकप्रिय पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न विभिन्न प्याकेज योजना ल्याएको उनले जानकारी दिए। ‘हामीले विगत एक दशकदेखि दसैं तिहारको समयमा यस्तै योजना ल्याएका थियौं, सफल भयौं त्यसैले यो वर्ष पनि निरन्तरता दिंदै छौं’, उनले भने, ‘अतिरिक्त शुल्क लिएर पर्यटकको रुची भए, भरखर सुरु भएको चितवन सेभेन प्वाईन्ट टुरमा पनि पर्यटक जान सक्नुहुनेछ।’  

जंगल सफारी लजले विभिन्न सभा गोष्ठीका लागि सेमिनार हलमा समेत यो अवधि भर छुट दिने बताएको छ।

प्रकाशित: १६ आश्विन २०७५ १०:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App