२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

हराएकी महिला मृत फेला

गुल्मी – पाचँदिनदेखि हराएकी गुल्मीबजार गाउँपालिका–३, कमलपोखरीकी ५० वर्षीय सावित्रा मगर मृत अवस्थामा फेला परेकी छिन्।

सावित्राको शव चन्द्रकोट गाउँपालिका–७ स्थित बडिगाढ खोलामा तैरिरहेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख एसपी दिपक कुमार बस्नेतले जानकारी दिए। सावित्रा असोज ११ गते छत्रकोट गाउँपालिकामा साथीको घर जाने भन्दै घरबाट हिँडेकी थिइन्।

साथीको घर नपुगी बेपत्ता भएकी उनको ५ दिनपछि शव फेला परेको आफन्तले जानकारी दिएका हुन। सावित्राको शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल तम्घासमा राखिएको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरी नायव निरिक्षक शिवबहादुर खत्रीले जानकारी दिए। 

 

प्रकाशित: १६ आश्विन २०७५ ०७:२१ मंगलबार

महिला_मृत_फेला गुल्मी