२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

फेसबुकमा लाईभ गर्दै आत्महत्या

चितवन - कालिका नगरपालिका वडा नम्बर ७ का २५ वर्षीय निश्चल तामाङले फेसबुकमा लाईभ गर्दै आत्महत्या गरेका छन्। तामाङले आइतबार राती  १० बजेर १३ मिनेटमा आत्महत्या गर्ने संकेतको स्टाटस फेसबुकमा राखेका थिए। 'कति जनाले लाईभ आत्महत्या गरेको हेर्न चाहनुहुन्छ', समय पनि लेख्दै निश्चलले फेसबुक स्टाटस अपडेट गरेका थिए। कक्षा १२ मा अध्ययन गर्दा पढाई छाडेका उनी लागुपदार्थको लतमा फसेका थिए। उनी रिहाब सेन्टरबाट फर्किएको एक महिना भएकाे रआत्महत्या गर्नुअघि उनले सुसाइड नोट लेखेको पाइएको ईलाका प्रहरी कार्यालय टाँडीका प्रमुख तथा प्रहरी नायब उपरीक्षक दयानिधी ज्ञवालीले जानकारी दिए। ‘अगाडी पछाडी पुरै दुई पेज लेखिएकाे सुईसाईड नोट भेटिएको छ’ उनले भने।

तामाङले सुसाइड नाेटमा लेखेका छन् ‘मैले जति सुध्रिन खोजे पनि सुध्रिन सकिन, म राम्रो मान्छे बन्न सकिन। यो जुनीलाई यस्तै भो अर्को जुनी यहि आमाको कोखबाट जन्मिन्छु। राम्रो मान्छे भएर जन्मिन्छु।’ नोटमा आत्महत्या गर्नुको कारण आफै भएको र यसको जिम्मा समेत आफै लिने भनेर लेखिएको ज्ञवालीले बताए। फेसबुकमा लाईभ गरिएको भिडियोमा फोर्थ क्वाटर रक्सी खाँदैछु भनेर उनले भनेका छन्। आत्महत्या गर्नुअघि एक मिनेट २४ सेकेन्डको उनले लाईभ भिडियो समेत प्रस्तुत गरेका थिए। जसमा ‘मैले रक्सी खाँए, यो मेरो आमाको सल हो, यसलाई यसरी लगाउँछु र झुण्डिन्छु’ भनेर भनिएको छ। निश्चल सलको पासोमा झुण्डिरहेको देखेपछि बाबु जीवनले प्रहरीलाई खबर गरेका थिए। राती १२ बजेको सेरोफेरोमा सुसाइड गरेको हुनसक्ने अनुमान ज्ञवालीको छ। प्रहरीलाई दुई बजे खबर आएको थियो। प्रहरी पुग्दा पासो काटिसकेको र मृत्यु भईसको उनले बताए। निश्चलले यसअघि पनि आत्महत्याको प्रयास गरेका थिए। सामान्य परिवारका उनी ट्याटु बनाउने काम गर्थे। 

प्रकाशित: १५ आश्विन २०७५ १५:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App