६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

जिप दुर्घटनामा एकको मृत्यु

प्यूठान – प्यूठानमा आज बिहान भएको जिप दुर्घटनाका एकको ज्यान गएको छ।

लु१च ३४७२ नं को पिकअप जिप दुर्घटनामा गौमुखी गाउँपालिका–५ बस्ने शालिक बस्नेतको घटनास्थलमै ज्यान गएको हो। ठूलाबेँसीबाट बाग्दुला आउँदै गरेको जिप गौमुखी ५ सालीबिसौनामा दुर्घटनामा परेको हो। ओरालोमा गुडिरहेको गाडी ब्रेक फेल हुँदा बाटोको कुनामा ठोक्किँदा दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन्।

दुर्घटनामा अन्य मानवीय क्षति भएको छैन्। घटनाबारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ। स्थानीय र प्रहरीको सक्रियतामा उद्धार कार्य जारी रहेको स्थानीय जनक केसीले बताए। रासस

प्रकाशित: १५ आश्विन २०७५ ०४:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App