२ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

उपक्षेत्रीय अस्पतालमा विशेषज्ञ चिकित्सकको अभाव

दाङ– राप्ती उपक्षेत्रीय अस्पताल दाङमा विशेषज्ञ चिकित्सक र मेडिकल अधिकृतको अधिकांश दरबन्दी खाली छन् । अस्पतालको २० वटा विशेषज्ञ चिकित्सकको दरबन्दीमध्ये ११ वटा दरबन्दी रिक्त रहेको निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा जनार्दन पन्थीले जानकारी दिए।

अठार जनाको मेडिकल अधिकृतको दरबन्दीमध्ये १२ को दरबन्दी रिक्त छ। छ जना दरबन्दी पूर्ति भएको राप्ती उपक्षेत्रीय अस्पतालमा अहिले दुई जनामात्रै कार्यरत छन् भने त्यसमध्ये चार जना बाहिरै रहेको डा पन्थीले बताए।

अस्पतालमा न्युरोलोजिष्ट, प्रसूति तथा स्त्रीरोग विशेषज्ञ, न्युरोसर्जन, डेन्टल सर्जन, प्याथोलोजिष्ट, मानसिक रोज विशेषज्ञ, मुटुरोग विशेषज्ञ, नेफ्रोलोजिष्ट, न्युरोसर्जन छैनन् । यस्तै प्रमुख मेडिकल सुपरिटेन्डेन्ट, मेडिकल जनरलिष्ट, नवौँ र दशाँै तहको वरिष्ठ नर्सिङ प्रशासक, आठौँ तहको डेण्टल सर्जन, साताँै र आठौँ तहको मेडिकल टेक्नोलोजिष्ट र सातौँ र आठौँ तहको फार्मेसी अधिकृतको दरबन्दीसमेत रिक्त छ ।

अस्पताललाई विस्तार गरेर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा अगाडि बढाइएको छ,’ डा. पन्थीले भने, ‘ तर उपक्षेत्रीय अस्पतालमा विशेषज्ञ चिकित्सक नहुँदा प्रभावकारी सेवा दिन सकिएको छैन।’

कर्मचारीकै अभावकै कारण अस्पतालले आइसियु एनआइसियु प्रविधि उपयोग गर्न नसकेर कोठामा थन्काएर राख्नु परेको अस्पतालले जनाएको छ।रासस
 

प्रकाशित: २३ भाद्र २०७५ १२:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App