१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

काठमाडाैं छ महिनामा धुलो र घुवाँमुक्त:  प्रधानमन्त्री अाेली

तस्बिरः रासस

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले अबको छ महिनाभित्र काठमाडौ धुलो र घुवाँरहित हुने उदघाेष गरेका छन्।

जिल्ला समन्वय समिति महासंघ नेपालको प्रथम राष्ट्रिय भेलालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजधानीमा सडक खानेपानी निर्माणको क्रम चलिरहेकाले धुलो र हिलोको समस्या आएको भन्दै त्यसलाई स्वाभाविक रुपमा लिनुपर्ने धारणा राखे। ‘छ महिनापछि धूलो र हिलोरहित काठमाडौँ हुन्छ । बाटो, ढल बन्छ । हामी इमान्दारिताका साथ काम गर्छाैं, ओलीले भने, ‘पानी ल्याउन पाइप हाल्न खन्नैपर्यो । बनाउने क्रममा यस्तो हुन्छ । दुई वर्षभित्र काठमाडौँका बाटाहरुको कालोपत्र गर्ने काम सकिन्छ । यसमा कोही आत्तिएर केही हुँदैन।’ 

ओलीले अब चाँडै कोशी र गण्डकीमा पानीजहाज चलाउन सर्भेक्षण सुरु हुने जानकारी पनि गराए। 

सम्बोधनका क्रममा ओलीले आलोचना हुँदैमा नआत्तिन मन्त्रीहरुलाई आश्वस्त समेत परेका थिए। सरकार नढल्ने र वर्तमान मन्त्रिमण्डल पनि तत्काल हेरफेर हुने कुनै सम्भावना नरहेको ओलीले प्रष्टिकरण दिएका छन्।

सरकारलाई अस्थिर बनाउन चाहनेले मन्त्रीहरु हेरफेर हुने हल्ला चलाएको आरोप उनले लगाए। ‘केही हुनेवाला छैन । राम्रो काम गरिरहेमा कुनै मन्त्री हट्ने छैनन्,’ उनले भने, सरकार पनि ढल्दैन।’अर्थमन्त्री डा युवराज खतिवडा, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापासमेत सहभागी कार्यक्रममा प्रधानमन्त्री ओलीले आलोचना र हमलाबाट नडराउन मन्त्रीहरुलाई आग्रह गरेका थिए।

सरकार स्पष्ट सोच र दुरदर्शी द्रिष्टिकोणका साथ विकास र समृद्धिका लागि काम गरिरहेको दाबी ओलीको थियो। उनले संघीय गणतन्त्रको सफलता र असफलता स्थानीय तहको प्रभावकारितासँग जोडिएकाले सेवामुखी, पारदर्शी र स्वच्छ भावनका साथ जनताका काम गर्न जिससका प्रतिनिधिलाई आग्रह गरेका थिए। 

 

प्रकाशित: २३ भाद्र २०७५ ०६:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App