२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

नक्कली सुनसहित नागढुंगाबाट ६ जना पक्राउ

काठमाडौं– महानगरीय प्रहरी परिसर काठमाडौंले नक्कली सुनसहित नागढुंगाबाट ६ जनालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा धादिङका २६ वर्षीय अभिषेक तामाङ, २१ वर्षीय राज तामाङ र १८ वर्षीय राजकुमार तामाङ, नुवाकोटका २८ वर्षीय राम तामाङ, २५ वर्षीय जितेन तामाङ र २५ वर्षीय वीरेन्द्र तामाङ रहेका छन्। 

नक्कली सुनलाई सक्कली भनेर बेचबिखन गर्ने उद्देश्यले ओसारपसार गरिरहेको छ भन्ने गोप्य सूचनाको आधारमा परिसरको टोलीले नागढुङ्गामा चेकजाँच गर्ने क्रममा १÷१ केजीका २ थान नक्कली सुनसहित उनीहरुलाई नियन्त्रणमा लिएको एसपी रामदत्त जोशीले जानकारी दिएका छन्। 

उनका अनुसार अभियुक्तलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ।

प्रकाशित: १९ भाद्र २०७५ ११:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App