२३ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

बोक्सी आरोपमा बुहारीद्वारा सासुको हत्या

दाङ- बोक्सीको आरोप लगाउँदै दाङमा बुहारीले सासुको हत्या गरेकी छन्। आँफूलाई पटक पटक बोक्सी लागेको भन्दै जिल्लाको दंगिशरण गाउँपालिका वडा नम्बर ३ की टंकी रावतले ६९ बर्षिया खोपी रावतको हत्या गरेकी हुन्। बुहारी टंकीले सासुलाई सल्यान स्थित जंगलमा लगेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। आँफू पटक पटक बिरामी हुँदा झारफुक गर्ने क्रममा सासुले बोक्सी लागेको देखिएपछि सासुको हत्या गरेको टंकीले प्रहरी समक्ष बयान दिएकी छिन्।

टंकीको योजना अनुरुप सासु खोपीलाई संगै लिएर झरफुक गर्नका लागि भन्दै भदौ २ गते सल्यानको कपुरकोटका लागि घरबाट हिँडेका थिए। अर्को दिनबाट सासु बुहारी सम्पर्क विहिन भए। १२ गते सम्म उनिहरुको अत्तोपत्तो नभएपछि परिवार खोजतालस गरिदिनका लागि प्रहरी सम्म पुग्यो। उजुरी परेपछि प्रहरीले गरेको खोजतलासका क्रममा १५ गते सासु खोपी सल्यान कपुरकोट गाउँपालिका वडा नम्बर २ स्थित शिव मन्दिर सामुदायीक वनमा मृत फेला परिन्। तर बुहारी टंकीको सम्पर्क थिएन। खोपीको हत्या भएको आशंकामा प्रहरीले टंकीको खोजी सुरु गर्यो। अन्ततःउनलाई प्रहरीले कपिलवस्तुको कृष्णनगरमा फेलापार्यो। नियन्त्रणमा लिईएकी टंकीसंग गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा उनले हत्या स्वीकार गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार टंकीले कपुरकोट स्थित धामीसंग झारफुक गरेर फर्कने क्रममा ५ भदौमा बाटोमा सासु खोपीको हत्या गरेको स्वीकार गरेकी छिन्। ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख, डिएसपी प्रकाश सापकोटाका अनुसार टंकीले लाठीले टाउकोमा प्रहार गरेर हत्या गरेको खुलेको छ। अभियुक्त टंकीलाई जिल्ला प्रहरी कार्यालय दाङले कारवाहीका लागि सल्यान प्रहरीलाई जिम्मा लगाएको छ।

 

 

प्रकाशित: १६ भाद्र २०७५ ११:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App