४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

जवरजस्ती करणीका घटना बढ्दो

रुकुम (पश्चिम)– जिल्लाको आठबीसकोट नगरपालिका–९ की २० वर्षीय एक महिला गत साउन २० गते राती बलात्कृत भइन् । आफ्नी एक छोरीसंगै घरमा सुतिरहेको अवस्थामा सोहि ठाउँका १६ वर्षीय दिपक बुढाथोकी र १४ वर्षीय भिमबहादुर बटालाले आफुलाई सामुहिक बलात्कार गरेको भन्दै उनले प्रहरी समक्ष उजुरी दिइन् ।

उनको उजुरीका आधार दुबै जनालाई प्रहरीले पक्राउ गरेर अनुसन्धानको लागि अहिले हिरासतमा राखेको छ ।साउन लागेयता डेढ महिनामा जिल्लामा उनि जस्तै तीन महिला बलात्कारको शिकार बने।

बलात्कारको आरोपमा अहिलेसम्म चार जनालाई पक्राउ गरी मुद्दा दर्ता गरेर जिल्ला अदालतको आदेशअनुसार अनुसन्धान गरिरहेको जानकारी प्रहरीले दिएको छ । बलात्कृत हुने महिलाहरु सबै २० वर्षभन्दा बढी उमेरका रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक सुमित खड्काले जानकारी दिए । 

जवरजस्ती करणीको आरोपमा बुढाथोकी र बटालाका साथै त्रिवेणी गाउँपालिका ४ का ३९ वर्षीय गंगाराम दमाई, रुकुम (पूर्व) सिस्ने गाउँपालिका ८ का २१ वर्षीय धनबहादुर सार्कीलाई प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको छ ।
गत आर्थिक वर्षमा जिल्लामा ९ वटा जवरजस्ती करणीका घटना भएका थिए, भने एउटा जवरजस्ती करणी उद्योगको घटना घटेको डिएसपी खड्काले बताए । बलात्कार गर्नेहरुले सजाय पाउने भए पनि बलात्कृत महिलाहरुले भने क्षतिपूर्ति पाउने गरेका छैनन्। 

प्रहरी कार्यालयमा अहिले सबैभन्दा बढी चोरीका मुद्धा दर्ता भएको र दोस्रोमा जवरजस्ती करणीका मुद्दा रहेको जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम)ले जानकारी दिएको छ। प्रहरीको तथ्याङ्कअनुसार जवरजस्ती करणीका घटना वर्षेनी बढेको देखिन्छ।

प्रकाशित: १२ भाद्र २०७५ ११:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App