१ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

खानेपानीका च्याम्बरमा दिसैदिसा

डोल्पा - डोल्पाको सदरमुकाम दुनैको खानेपानीका च्याम्बरहरुमा दिसैदिसा भरिएको छ। दुनैबजार क्षेत्रमा रहेका खानेपानीका च्याम्बरमा दिसा र फोहोर भरिएको भेटिएको हो। खानेपानीका च्याम्बरमा फोहोर र दिसा भरिएको भएपनि दुनै खानेपानी उपभोक्ता समिति भने यसबारे बेखबर रहेको छ।

करिव ३ सय बढी घरधुरी बसोबास गर्दै आएको सदरमुकाम दुनैमा हाल २ सय घरधुरीको धारामा पानी बितरण गरेको दुनै खानेपानी उपभोक्ता समितिले जानकारी दिएको छ। बजार भित्रको क्षेत्रमा निर्माण गरिएका खानेपानीका च्याम्बरहरु अब्यवस्थित भएपछि भाडामा र कामका लागी बस्ने मानिसले दिसा गर्ने गरेको एक स्थानीयले जानकारी दिए। स्थानीयले यसबारे बारम्बार खानेपानी उपभोक्ता समितिलाइ जानकारी गराएपनि समस्या समाधान गर्न तर्फ समितिले कुनै ध्यान दिएको छैन।

यता खानेपानी उपभोक्ता समितिका सचिव हिक्मत शाहीले खानेपानीको च्याम्बर र पाइप ब्यवस्थित गर्न लागिपरेको तर स्थानीयको लापरवाहीले नै खानेपानीका च्याम्बरहरुमा समस्या आएको बताए। उनले जुन टोलमा च्याम्बर छ त्यहि टोलका बासिन्दाले संरक्षण गर्ने सहमति गरिएपनि स्थानीयले नै मनपरि गर्दा समस्या आएको बताए।

२०७४ साल कार्तिक ९ गते कर्णालीकै तेस्रो खुला दिशामुक्त जिल्लाका रुपमा डोल्पालाई घोषणा गरिएपनि शौचालय भन्दा बाहिर दिसा गर्नेको संख्या झनै बढ्दो क्रममा रहेको छ। 

प्रकाशित: ११ भाद्र २०७५ १०:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App