३ मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

कमला नदीमा नुहाउँने क्रममा तीन बेपता, खोजीकार्य जारी

फाइल फाेटाे

सिरहा – कमला नदीमा नुहाउने क्रममा शनिबार साँझ तीनजना बेपत्ता भएका छन्। बेपता हुनेमा सिरहा गोलबजार ४ का १४ वर्षीय मन्जय महरा, १५ वर्षीय राहुल महरा र अर्नामा गाउँपालिका ५ का १९ वर्षका कृष्ण कुमार महतो रहेका छन् ।

उनीहरु  शनिबार कमला नदीमा स्नान गर्न गएका थिए। कमला नदीको बन्दिपुर क्षेत्रमा पानीको वहाव बढेर तीनैजनालाई बगाएको सिरहा प्रहरी प्रमुख एसपी जीवन श्रेष्ठले बताए। तीनै जनाको खोजी कार्यमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना खटिएको छ। भारतीय सहर जयनगरको प्रहरीसँग समन्वय गरेर पनि खोजी जारी रहेको एसपी श्रेष्ठले बताए।

सिरहा र धनुषाको बीचबाट बग्ने कमला नदी भारतीय सहर जयनगर हुँदै गंगासागरमा मिल्छ।

प्रकाशित: १० भाद्र २०७५ ०२:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App