२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

निर्मला हत्याको छानविन गर्न उच्चस्तरीय न्यायिक छानबीन समिति चाहिन्छः भट्ट

काठमाडौ– कञ्चनपुरका सांसद लेखराज भट्टले कञ्चनपुर घटनाको छानविन गर्न उच्चस्तरीय न्यायिक छानविन समिति बनाउन माग गरेका छन्।

जिल्लाको भीमदत्तनगर नगरपालिका वडा नं. २ निवासी निर्मला पन्तको बलात्कापछि हत्याभए पश्चात भएको विरोधमा सर्वसाधारणको ज्यानै जाने अवस्था आएको भन्दै सुरक्षा निकायले अनवश्यक बल प्रयोग गरेको भन्दै गृह प्रशासन प्रति असन्तुष्टि जनाएका छन्। 

उनले निर्मला हत्याकाण्डबारे छानविन गर्न बारम्बार उच्चस्तरीय न्यायिक छानविन समितिको गठन गर्न सरकार समक्ष माग गरे पनि सरकारले आवश्यक तदारुकता नदेखाउँदा र संवेदनशीललाई नबुझदा घटना अनपेक्षित मोडमा र झनै बल्झन पुगेको उनको भनाइ छ।

स्थानीयप्रहरी तथा प्रशासन माथि आमजनता को विश्वास र भरोस टुटने अवस्था आउन नदिन सरकारले सुरक्षा प्रशासन लाई जनउत्तरदायी ढंगले परिचालन गरी जन भावनाअनुरुप अनुसन्धानको कार्यलाई अगाडी बढाउन उनले माग गरेका छन्। ‘दोषीलाई कारबाहीको घेरा भित्र ल्याउन सकेमात्रै जनताको असन्तुष्टि हल हुनेछ,’विज्ञप्तीमा उनले भनेका छन्। 

 

प्रकाशित: ९ भाद्र २०७५ ०६:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App