१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

कारागार आक्रमण हुँदा फरार बनेका तामाङ १३ वर्षपछि पक्राउ

खोटाङ – खोटाङमा सशस्त्र द्धन्द्धको समयमा कारागारमा आक्रमण हुँदा फरार भएका एक अभियुक्त १३ वर्षपछि पक्राउ परेका छन्।

सशस्त्र द्धन्द्धको समयमा तत्कालिन नेकपा माओवादीले २०६२ साल असार ५ गते जिल्ला कारागार शाखा दिक्तेलमा आक्रमण गर्दा फरार भएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका ३६ वर्षीय बीरबहादुर तामाङ पक्राउ परेका हुन्।

कुटपिट गरी कर्तव्य गरी मारेको मुद्धाको अनुसन्धानको क्रममा पुर्पक्षका लागि कारागार चलान भएको अवस्थामा जेलबाटै फरार भएका तामाङलाई पुनः १३ वर्षपछि घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी राजकुमार केसीले बताए। फरार रहेकै समयमा जिल्ला अदालतले उनलाई २०६३ साल चैत ६ गते २० वर्ष कैंद सजाय हुने फैसला सुनाएको थियो।

२ वर्ष ९ महिना १० दिन कैंद भुक्तानी गरिसकेका तामाङले अदालतको फैसला अनसार अझै १८ वर्ष ३ महिना २० दिन कैद सजाय भुक्तान गर्न बाँकी छ। लामो समयपछि पक्राउ परेका तामाङलाई अदालतको फैसला अनुशारको सजाय भुक्तान कार्यान्वयनका लागि पुनः कारागार पठाइएको प्रहरीले जनाएको छ।

२०६० साल असोज १५ गते स्थानीय २१ वर्षीय नवराज दाहालको कुटपिटबाट मृत्यु भएपछि तामाङ सहित तीन जना पुर्पक्षका लागि कारागार पठाइएका थिए। उनीहरू विरुद्ध जिल्ला अदालत खोटाङले २०६३ साल चैत ६ गतेको फैसलाले तीनै जनालाई २०–२० वर्ष कैद सजाए सुनाएको थियो। 

 

प्रकाशित: ९ भाद्र २०७५ ०५:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App