६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

फरार कैदी १३ वर्षपछि पक्राउ

खोटाङ - कारागारबाट फरार एक कैदी १३ वर्षपछि पुनः पक्राउ परेका छन्। पक्राउ पर्नेमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ११ खार्मीका ३६ वर्षीय वीरबहादुर तामाङ रहेका छन्। उनी २०६२ साल असार ५ गते कारागारबाट भागेका थिए। प्रहरीले उनलाई विहिवार घरबाटै पक्राउ गरेकाे हाे।

पक्राउ परेका तामाङलाई बिहीबारै जिल्ला अदालतमा हाजिर गराएर कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक राजकुमार केसीले जानकारी दिए। “हत्यामा संलग्नमध्ये कटकबहादुर तामाङ यसअघि नै पक्राउ परेर कैद भुक्तान गरिरहेका छन्,” उनले भने, “घटनामा संलग्न अझै एक जना फरार छन्, उनको खोजी भइरहेको छ।”

विसं २०६० असोज १५ गते स्थानीय २१ वर्षीय नवराज दाहालको हत्या गरेको अभियोगमा तामाङ सहित तीन जना पक्राउ परी पुर्पक्षका लागि कारागारमा रहेका थिए। जिल्ला अदालत खोटाङले २०६३ चैत ६ गते तीनै जनालाई २०/२० वर्ष कैद सजाएको फैसला गरेको थियो।

दाहालको हत्या लगत्तै पक्राउ परेका उनीहरुले दुई वर्ष नौ महिना १० दिन कैद भुक्तानी गरिसकेका थिए। रासस

प्रकाशित: ७ भाद्र २०७५ १५:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App