८ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

सुरक्षा गार्डको हत्या

विराटनगर – अज्ञात समूहले मोरङको विराटनगर–२ धरानरोड स्थित न्यूविकी हार्डवयरका सुरक्षा गार्ड टंक भट्टराईको हत्या गरेको छ।

हार्डवयरको सुरक्षा गार्डका रुपमा कार्यरत  विराटनगर—४ पिपलचोकका भट्टराईको हत्या गरेको अवस्थामा आइतबार बिहान शव फेला परेको थियो। प्रहरीका अनुसार भट्टराईको शव आइतबार बिहान हार्डवयरको कोठामा फेला परेको हो।

भट्टराईको शव हार्डवयरका कामदारले आइतबार बिहान उनको रुममै फेला पारेका थिए। उनको शनिबार राती नै हत्या भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ। मृतकको शरिरका विभिन्न भागमा चोटपटक लागेको मोरङ प्रहरी प्रबक्ता निशान थापाले जानकारी दिए। घटनाबारे अनुसन्धान सुरू गरिएको उनले जानकारी दिए। 

 

प्रकाशित: ३ भाद्र २०७५ ०९:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App