१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

अरुण ३ मा मजदुरको मृत्यु, काम ठप्प

संखुवासभा– संखुवासभामा निर्माणाधिन अरुण तेस्रो परियोजनामा काम गर्ने एक मजदुरको मृत्यु भएको छ। मृत्यु हुनेमा कालीकोट खाँडाचक्र नगरपालिका १ का २६ वर्षीय केशव शाही रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

उनको सोमबार साँझ सुरुङ मार्ग अगाडि काम गरिरहेको अवस्थामा माथिबाट खसेको ढुङ्गा लागेर मृत्यु भएको हो। सुरुङमार्ग ड्यामसाइड निर्माणस्थल नुमको फ्याक्सिन्दामा रहेको छ। मृतकको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल खाँदबारी ल्याइएको छ। बुधबार शवलाई उनको गृहजिल्ला लैजाने तयारी गरिएको छ। 

सुरुङ मार्गमा काम गर्ने मजदुरको मृत्यु भएपछि त्यहाँ काम गर्ने नेपाली मजदुरले काम ठप्प पारेका छन्। काम गर्ने मजदुरलाई आवश्यकता अनुसार सेफ्टीका सामग्री नदिएको र तोकिएको समय भन्दा बढी काम लगाएको कालिकोटका जंग शाहीले गुनासो गरे। विभिन्न माग राखेर मजदुरहरुले निर्माण कार्य ठप्प पारेको उनले बताए।

जिल्लाको दररेट अनुसार आधा तलब समेत नपाएको मजदुरको गुनासो छ। यसअघि असार १ गते दुई भारतीय र दुई नेपाली सुरुङमा थुनिएका थिए। उनीहरुलाई ३९ घण्टापछि सकुशल उद्धार गरिएको थियो। उनीहरुलाई आयोजनाले दिने भनेको क्षतिपुर्ति समेत नपाएको सुरुङबाट जिवित उद्धार गरिएका प्रदिप शाहीले बताए।

९ सय मेघावाट विद्युत्त उत्पादन हुने उक्त जलविद्युत्त आयोजनाको भारतीय सतलज कम्पनीले काम गर्दै आइरहेको छ।

प्रकाशित: २९ श्रावण २०७५ १४:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App