१४ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

नवलपरासिको गैडाकोटमा दुई ट्रकमा आगजनी

फाइल फाेटाे

नवलपरासि – नवलपरासिको गैडाकोटमा दुई वटा ट्रकमा आगजनी गरिएको छ।

गैडाकोटको भृकुटीचोकमा रोकि राखिएको ना२ख ८४८७ नम्बर र ना२ख २५४८ नम्बरको ट्रकमा गएराति अज्ञात समूहले आगजनी गरेको हो। इलाका प्रहरी कार्यालय गैडाकोटका प्रहरी हवल्दार नरेन्द्र कुसुवाका अनुसार राति करिब १ः३५ बजेतिर आगजनी गरिएको हो।

स्थानीय, प्रहरी र दमकलको सहयोगमा नारायणी नदी किनारमा लगेर ट्रकमा लागेको आगो निभाइएको उनले बताए।

आज नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले बन्द आह्वान गरेकाले उसैले आगजनी गरेको हुन सक्ने प्रहरीको आशंका छ। आगजनीमा संलग्न रहेको आशंकामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको जनाएको छ।

प्रकाशित: २९ श्रावण २०७५ ०४:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App