२ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

राप्ती नदीमा पानीको सतह बढ्यो, दर्जनौ गाउँ उच्च जोखिममा

नेपालगन्ज – अविरल वर्षाका कारण राप्ती नदीमा पानीको सतह बढ्दै गएको छ। वर्षा नरोकिएकाले राप्ती नदीको बाढी गाउँमा पस्न सक्ने जोखिम बढेको छ। बाढीको सर्तकता अपनाउन आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी अरुण पौडेलले बताए। ‘वर्षा भईरहेको हुँदा राप्ती नदीमा पानीको सतह बढिरहेको छ,’ उनले भने ‘बाढी प्रभावित क्षेत्रमा सर्तकता अपनाउन र खटिनका लागि तयारी अवस्थामा रहन हाम्रो प्रहरी युनिटलाई खबर गरिसकेका छौं।’

राप्ती नदीको कुसुमस्थित बाढी मापन केन्द्रमा मध्यान्ह साढे १२ बजे गरिएको मापन अनुसार बाढी ४ मिटर ३० सेन्टीमिटर पुगेको ईलाका प्रहरी कार्यालय कुसुम बाँकेका ईन्चार्ज एवम् प्रहरी नायव निरिक्षक(सई) पदम ओलीले जानकारी दिए। ‘दाङतिर भिसन रुपले वर्षा भईरहेको हुँदा राप्तीनदी अझै बढ्ने निश्चित छ, हामीहरु नदीकै किनारमा ड्युटी दिएर बाढीको सूचना प्रवाह गरिरहेका छौं,’ उनले भने।

राप्तीको बाढीले पशु चौपाया, रुख बगाएर समेत ल्याएको पाइएको सई ओलीले बताए। बिहानबाट नदी क्रमिक रुपले बढ्दै गएको उनले जानकारी दिए।

राप्ती नदीको बाढी तल्लो तटिय क्षेत्रमा आईपुग्न करिव ४ देखी ५ घण्टा समय लाग्ने अनुमान गरिन्छ। कुसुममा पानीको सतह ५ मिटर पुग्ने बित्तिकै खतरा स्वरुप नदी छेउछाउमा साइरन बजाइन्छ। नदीको सतह ५ मिटर ४० सेन्टिमिटर पुग्ने वित्तिकै राप्ती नदी आसपासका दर्जनौं गाउँ डुब्ने गर्छन्। भारतले अन्र्तराष्ट्रिय नियम विपरित लक्ष्मणपुर बाँध र कलकलवा तटबन्ध बनाएका कारण नदी प्राकृतिक रुपले बग्न नपाउँदा नेपाली भूभाग डुबानमा पर्दै आएको छ।

प्रकाशित: २८ श्रावण २०७५ ०७:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App