१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

भदौ १२ भित्रै पुरिएलान् त चाबहिल–जोरपाटी सडकका खाल्डाखुल्डी ?

चाबहिल–जोरपाटी सडकमा बिहीबार अनुगमन गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठ, प्रदेशसभा सांसद रामेश्वर फुयाँललगायत। तस्बिर: रोशन सापकोटा, रासस

काठमाडौं- निर्माणले गति नलिँदा अत्यन्तै नाजुक अवस्थामा रहेको चाबहिल-जोरपाटी-साँघु सडकखण्डको बिहीबार पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ लगायतले स्थलगत निरीक्षण गरे।

मन्त्री महासेठले चाबहिल–जोरपाटी–साँघु सडकको विहीबार स्थलगत अनुमगन गर्दै भदौं १२ गतेपछि सडकमा खाल्डाखुल्डी नदेखिने बताए। सडक निरीक्षणमा मन्त्रालयका सचिव मधुसुदन अधिकारी, सडक विभागका महानिर्देशक रविन्द्रनाथ श्रेष्ठ, प्रदेश सांसद रामेश्वर फूयाल लगायतको टोली पुगेको थियो। निरीक्षणपछि मन्त्री महासेठले भदौं १२ गते भित्रै सडकका खाल्डाखुल्डीपुर्न ठेकेदार कम्पनीलाई निर्देशन दिए।

मन्त्री महासेठले भदौ १२ गतेपछि चाबहिल–जोरपाटी–साँखु सडक खण्डमा खाल्डाखुल्डी नदेखिने दावी गरे। ‘हामी भदौं १२ गतेसम्म पुरै पिच गर्न सक्दैनौं।’ मन्त्री महासेठले भने,‘जनतालाई सहरीकरण गर्नको लागि सडकका खाल्डाखुल्डी पुरेर वेस तथा सववेस तयार पारेर राम्रो बाटो बनाइदिन्छौं। जसबाट जनता आवातजावत गर्नको लागि सजिलो हुनेछ।’ मन्त्रीमहासेठका अनुसार चाबहिल–जोरपाटी–साँखुसडकको बेहाल अवस्था लामो समय नरहने दावी गरेका छन्।

 ‘अब यो सडक पहिलाको जस्तो रहदैंन्,’ उनले भने,‘सडकमा  हिलो र धुलोँ उठ्दैन।’ मन्त्री महासेठका अनुसार सम्मानित सर्वोच्च अदालतकै कारणले सडक विस्तारकार्यले गति लिन नसकेको हो। ‘जबसम्म  सडकमा पानी जम्छ। तबसम्म सडक लामो समय टिक्दैन। त्यसैले सडकको दुवैतर्फ अन्डरग्राउन्ड पाइप राखेर व्यवस्थित गर्ने जमर्को गरेका छौं,’ उनले भने,‘यो सडकलाई ६ महिनाभित्रै व्यवस्थित गर्नेछौं।’

पूर्वप्रधानमन्त्री तथा काठमाडौं क्षेत्र नं का प्रतिनिधिसभाका सांसद माधवकुमार नेपालले सडक निर्माणमा एउटा निकायले अर्को निकायलाई देखाएर पन्छिने प्रवृत्तिको अन्त्य गर्न निर्देशन दिएका छन्।‘ सबै निकाय समन्वय गरेर काम अगाडि बढाउनुस,’ उनले भने,‘अबदेखि बाहानाबाजी गरेर चल्दैन् ।अरुलाई दोष देखाएर उम्कन पाइदैंन। त्यसैले एक महिनाभित्रै सडक व्यवस्थित गर्नुपर्‍यो।’

 सांसद नेपालले  चाबहिल–जोरपाटी–साँखु सडकखण्डको काम तत्कालै सम्पन्न गर्न निर्देशन दिएका छन्। काम नगर्ने ठेकेदारलाई कारवाही गरेर भएपनि अब सडक समयमा नै व्यवस्थित गर्नुपर्छ,’ सांसद नेपालले भने,‘एक महिनाभित्रै जनताले सडक फेरिएको आभास गर्नुपर्‍यो। अबको १५ दिनपछि फेरि अनुगमनमा आउनेछौं।’

बौद्धका एक स्थानीय जनताले मन्त्री तथा सांसद आउने थाहा भएर ठेकेदार कम्पनीले काम सुरु गरेको आरोप लगाइन्। ‘अरु बेला केही काम नगर्ने ठेकेदारले आज मन्त्री तथा सांसदलाई देखाउनकै लागि काम गरिरहेका छन्,’ उनले भनिन्,‘मन्त्री तथा सांसद हल्ला गरेर होइन, चुपचाप ढंगले अनुगमन गर्नुपर्ने देखिन्छ।’ नेता नेपालले सडक विभाग, विद्युत प्राधिकरण, ढल विभाग,जनप्रतिनिधी, प्रहरी लगायतका सबै सयन्त्र समन्वय गरेर काम अगाडि बढाउन निर्देशन दिएका छन्।

 

प्रकाशित: २४ श्रावण २०७५ ०८:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App